मिस नेपालको ताज आश्मालाई, सुमना नेपाल अर्थ

मिस नेपालको ताज आश्मालाई, सुमना नेपाल अर्थ

सन् २०२४ को मिस नेपाल उपाधी आश्माकुमारी केसीले जितेकी छन् । गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा भर्खरै सम्पन्न ग्राण्ड फिनालेमा उनलाई ताज पहिर्याइएको छ । 

उपाधिका लागि फाइनलिष्ट २६ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा सुमना केसीले मिस नेपाल अर्थको टाइटल जितेकी छन् । मिस नेपाल इन्टरनेसनलको उपाधि भने करुणा रावतले हात पारिन् ।

अन्य प्रतिस्पर्धीहरु श्रद्धा सिलवालले मिस फोटोजेनिक, दिक्षा अवस्थीले मिस इन्टलेक्चुअल र कृति श्रेष्ठले वुमन विथ विंग्सको टाइटल जितेकी छन् ।
 


 

टिप्पणीहरू