स्वर्ण पदक जितेलगत्तै इन्गेजमेन्ट
फ्रान्सको राजधानी पेरिसमा जारी ३३ औं गृष्मकालीन ओलम्पिक खेलकुदमा चिनियाँ खेलाडीहरुको बर्चश्व कायम छ ।
यसै क्रममा ब्याडमिन्टन महिला खेलाडी हुआङ या छिओङले स्वर्ण पदक जितेलगत्तै राष्ट्रिय टिममा रहेका अर्का स्वर्ण पदक बिजेता लिउ युचेनबाट एकाएक फूलको बुके र औंलामा हिराको औंठी पाएकी छन् । गत बिहीबारको प्रतिस्पर्धामा हुआङले महिला मिक्स्ड प्रतिस्पर्धातर्फ चङ सिवेइसँग मिलेर स्वर्ण हात पारेकी थिइन् । उनीहरुले कोरियाली टोलीका किम वन हो र जिओङ ना युनलाई पराजित गरेका थिए ।
स्वर्ण पदक जितेसँगै समारोहमा चिनियाँ ब्याडमिन्टनका अर्का पुरुष खेलाडी लिउ युचेन उनको अघिल्तिर पुगेर ठूलो फूलको बुके दिएका र लगत्तै खल्तीमा राखिएको हिराको औंठी औंलामा घुसारिदिएर आफनो अन्तस्करणदेखिको प्रेम सबैका सामु पोखिदिएका थिए ।
उनले फूल र औंठी स्वीकार्दै खुशीको आँशु झारिन् । पदक समारोहमा उपस्थित सबै खेलाडी तथा दर्शकले कर्तल ध्वनीका साथ उनीहरुको प्रेमलाई अनुमोदन गरिदिए ।
प्रेमीले देखाएको अप्रत्यासित र अगाध मायाको अघिल्तिर हुआङको मन खुशीले गद्गद् भएको देखिन्थ्यो । उनले फूल र औंठी स्वीकार्दै खुशीको आँशु झारिन् । पदक समारोहमा उपस्थित सबै खेलाडी तथा दर्शकले कर्तल ध्वनीका साथ उनीहरुको प्रेमलाई अनुमोदन गरिदिए ।
महिला खेलाडीले भनेकी छन्,‘ म यति खुशी छु कि बयान गर्न सक्दिनँ । स्वर्ण पदक जितेलगत्तै मैले कल्पना नै नगरेको इन्गेजमेन्ट रिंग पाएँ । स्वर्णले खेलकुदको र हिराले जीवनको यात्रालाई उचाइमा पुर्याउने विश्वास छ ।’
टिप्पणीहरू