भरतपुरमा ‘प्लस टु’ बिहान पढाउन नपाइने
चितवनको भरतपुर महानगरपालिकाले ‘प्लस टु’ को बिहानी कक्षा सञ्चालनमा रोक लगाएको छ । महानगरभित्र सञ्चालित संस्थागत विद्यालयहरुलाई पत्राचार गर्दै महानगरले कक्षा ११ र १२ को दिवा कक्षा मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । अन्य कक्षाझैं बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म ‘प्लस टु’ को कक्षा सञ्चालन गर्न महानगरले भनेको छ ।
‘सबै विद्यालयहरु कक्षा (११–१२) र अन्य कक्षाहरु (बालविकासदेखि कक्षा १० सम्म) सँगै बिहान १० बजेदेखि दिँउसो ४ बजेसम्म एकै समयमा सञ्चालन गर्न सबै विद्यालयहरुलाई निर्देशन गर्ने’ निर्णयबमोजिम सबै विद्यालयहरुलाई बिहान १० बजेदेखि ४ बजेसम्म सम्पूर्ण कक्षाहरु एकै समयमा सञ्चालन गर्नहुन जानकारी गराइन्छ’,पत्रमा उल्लेख छ ।
त्यस्तै, एकै समयमा कक्षा सञ्चालन गर्न भौतिक पूर्वाधारको असहजता भएमा विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर भदौ १ गतेभित्र शैक्षिक प्रशासन महाशाखामा निवेदन दिन महानगरको सूचनामा उल्लेख छ ।
टिप्पणीहरू