विद्युत प्राधिकरणका सञ्चालकहरु बर्खास्त

विद्युत प्राधिकरणका सञ्चालकहरु बर्खास्त

सरकारले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई पदमुक्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाएको छ । 

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडानमा देखिएका उनीहरुलाई हटाइएको जानकारी प्राधिकरणलाई दिएको छ । गत मंगलबार लिखित स्पष्टिकरण मागेपछि उनीहरुले अस्ति स्पष्टिकरण बुझाएका थिए ।

स्पष्टिकरण चित्त नबुझेपछि मन्त्री दीपक खड्काले उनीहरुलाई शुक्रबार अपरान्ह हटाउने निर्णय  गरेका हुन् ।

टिप्पणीहरू