ई–रिक्सा चलाउन दर्ता अनिवार्य
सुनसरीको इटहरी उपमहानगरपालिकाले बिना दर्ता ई–रिक्सा नचलाउन चेतावनी दिएको छ । उपमहानगरले एक सूचना प्रकाशित गदै दर्ता नभएका र्ई–रिक्सा सञ्चालनमा पूर्ण बन्देज लगाएको बताएको हो ।
‘इटहरी उपमहानगरपालिका क्षेत्रभित्र दर्ता नभएका ई–रिक्सा सञ्चालनमा पूर्ण बन्देज लगाइएको हुँदा दर्ता हुन बाँकी इटहरी स्थायी ठेगाना भएका ई–रिक्सा धनीहरुले यथाशीघ्र दर्ता गराउनुहुन जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।
उपमहानगरबाट ई–रिक्साको दर्ता, नवीकरण, नियमनलगायतका कार्य हुँदै आएको भन्दै अटेरी गरेमा वा बिना दर्ता चलाएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
टिप्पणीहरू