बिजुलीको खम्बामा पोष्टर टाँसेपछि अस्पताललाई कारबाही
काठमाडौं महानगरपालिकाले बिजुलीको पोलमा पोष्टर टाँसोको जनमैत्री हस्पिटल (सिल्भरलाइन हस्पिटल) लाई कारबाही गरेको छ । वडा नम्बर १६ मा रहेको अस्पताललाई महानगरले पाँच हजार रुपैयाँ जरिवाना तिराएको छ ।
अस्पतालले ‘पेटको भिडियो एक्स–रे रु.३०० मात्र’ लेखिएको पोष्टर बिजुलीको पोलमा टाँसेको थियो । पोष्टर टाँसेर फोहोरमैला र दृश्य प्रदूषण गरेकाले जरिवाना तिराइएको महानगर प्रहरी बलले जनाएको छ ।
महानगरले काठमाडौंको भित्ता र बिजुलीको पोलमा कुनैपनि प्रकारको पोष्टर टाँस्न रोक लगाएको छ । अटेर गर्नेलाई जरिवाना तिराउँदै आएको जनाएको छ ।
टिप्पणीहरू