पर्यटक भिसामा राेजगारी गैरकानूनी : नेपाली राजदूतावास

पर्यटक भिसामा राेजगारी गैरकानूनी : नेपाली राजदूतावास

बैंककस्थित नेपाली राजदूतावासले पर्यटक तथा भिजिट भिसामा थाइल्याण्ड घुम्न गएकालाई रोजगारीको अवसर नरहेको जनाएको छ । रोजगारीको प्रलोभन देखाएर नेपालीलाई भिजिट भिसामा थाइल्याण्ड पुर्याएर अनाधिकृत रुपमा कार्यमा लगाउने गरेको पाइएपछि दूतावासले यस्तो अनुरोध गरेको छ । 

त्यहाँका विभिन्न कम्पनी, क्यासिनो तथा डिजिटल मार्केटिङ क्षेत्रमा नेपालीलाई आकर्षक तलब सुविधासहितको रोजगारी उपलब्ध गराउने भन्दै पर्यटक भिसामा थाइल्याण्ड हुँदै म्यानमार, कम्बोडिया र लाओसमा लैजाने गरेको पाइएको छ । 

त्यहाँ पुर्याएपछि बन्धक बनाई गैरकानूनी कार्यमा संलग्न गराउने पाइएको  दूतावासद्वारा जारी सूचनामा उल्लेख छ । ती देशमा पर्यटक भिसामा जानेहरुले कुनै पनि बहानामा काम गर्न पाउँदैनन् । साथै नेपालीलाई वैदेशिक रोजगार समेत नखुलेको उल्लेख गर्दै दूतावासले प्रलोभनमा परी यस्ता कार्यतर्फ सर्तकता अपनाउन अनुरोध गरेको छ । 

यी मुलुकहरुमा रोजगारीमा लगाइदिने वा अन्य रोजगार उपलब्ध गराउने बहाना वा प्रलोभनमा परी नेपालीलाई ल्याउने कुनै पनि किसिमको कार्य

टिप्पणीहरू