सेनापतिले चार दिनपछि जिम्मेवारी सुम्पिने
प्रधानसेनापति प्रभुराम शर्मा र कायममुकायम प्रधानसेनापति अशोक सिग्देलबीच आगामी साउन २४ गते कार्यभार बरबुझारथ हुने भएको छ । भदौ २४ गते तीन वर्षे कार्यकाल सकाएर अवकाशमा जान लाग्नुभएका सेनापति शर्माले आफ्नो कार्यभार सिग्देललाई बुझाउन लाग्नुभएको हो ।
कार्यक्रम त्रिभुवन आर्मी अफिसर्स क्लबस्थित सभामण्डप हलमा हुने बुझिएको छ । भाग–१ को सि.नं.४ (ख) मा उल्लिखित अधिकृतहरुलाई सवा १ बजे र सि.नं.५ (ख)(२) मा उल्लिखित पदिक, बिल्लादार तथा अन्यदर्जा (साधारण,प्राड,सैनिक कर्मचारी,लेखा,पण्डित, प्राविधिक समूह) लाई साढे १२ बजे समारोहस्थलमा उपस्थित हुन निर्देशनालयले निर्देशन दिएको छ । उनीहरुलाई कार्यालय–फिल्ड पोशाकमा उपस्थित हुन भनिएको छ ।
‘प्रधानसेनापति महारथी श्री प्रभुराम शर्माज्यू आगामी २०८१ भदौ २४ गते तीन वर्षे पदावधिबाट अवकाश हुनुहुँदा मिति २०८१ साउन २५ गतेबाट घर बिदामा बस्नु पूर्व उहाँले सम्हाली आउनुभएको प्रधान सेनापतिको कार्यभार बलाधिकृत रथी श्री अशोकराज सिग्देललाई मिति २०८१–०४–२४ गते कायममुकायम प्रधानसेनापति बुझबुझारथ गर्नुहुने कार्यक्रमको श्री त्रिभुवन आर्मी अफिसर्स क्लबस्थित सभामण्डप हलमा हुने लाइभ मल्टिकास्ट हेर्न भाग–१ को सि.नं.४ (ख) मा उल्लिखित अधिकृतहरु ऐ.मितिको १२ः४५ बजे र भाग–१ को सि.नं.५ (ख)(२) मा उल्लिखित पदिक, बिल्लादार तथा अन्यदर्जा (साधारण, प्राड, सैनिक कर्मचारी, लेखा, पण्डित, प्राविधिक समूह) ऐ.मितिको १२ः३० बजेभित्र कार्यालय–फिल्ड पोशाकमा उपस्थिति रहेको व्यहोरा जानकारी तथा आवश्यक कारबाहीको लागि अनुरोध’,पत्रमा उल्लेख छ ।
टिप्पणीहरू