पोखरा बस्ने इलामे गुप्तचर हाकिमलाई काठमाण्डौ तानियो
गण्डकी प्रदेशमा तैनाथ राष्ट्रिय अनुसन्धान विभागका डिआइजी कृष्ण खनाललाई विभागमा तान्न सिफारिस गरिएको छ । विभाग प्रमुख हुतराज थापाले सरुवाको लागि मन्त्रिपरिषदमा लेखी पठाएको बुझिएको छ ।
इलामका खनाललाई सम्भवतः आजको मन्त्रिपरिषद् बैठकले काठमाडौं तान्ने सम्भावना छ । यसअघि बागमतीबाट लुम्बिनी सरुवा हुन लागेका रामप्रसाद दास निकटस्थहरुले खनालले थापालाई कोशेली बुझाएर पोखरा सरुवा गराएको बताउने गरेका थिए ।
सरुवामा आर्थिक चलखेल गराएको, विगतमा बारामा छँदा आफ्नै कार्यालयमा बिस्फोट गराएकाले पनि रामदासको ट्रयाक रेकर्ड खराब रहेको स्रोतको दाबी छ । खनालको ठाउँमा प्रजेशसिंह हमाललाई पठाउन लागिएको छ ।
प्रमुख थापा पछिल्लो समय भवन निर्माण र उदघाटनमा सक्रिय देखिन्छन् । लुम्बिनीमा निर्मित नयाँ भवनको शुक्रबार उद्घाटन गरिएको छ । अन्यत्र पनि जासुसहरुका निम्ति भवन बनाईंदै छ ।
टिप्पणीहरू