यता म्याद सकियो,अर्को नियुक्तिका लागि सुशील भट्ट तयार
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले आफ्नो कार्यकाल सकिएको जानकारी दिएका छन् । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले उनलाई चार वर्षका लागि नियुक्त गरेको थियो ।
आफ्नो कार्यकाल आजदेखि सकिएको स्वयम् भट्टले सामाजिक सञ्जालमा लेखेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त पदको जिम्मेवारी दिएकोमा धन्यवाद जनाउँदै यही मेसोमा अर्थमन्त्रीदेखि सम्बद्ध सबैलाई धन्यवाद दिएका छन् ।
भट्ट बिचौलिया दिपक भट्का साख्खै दाइ हुन् । दाजुभाइको सेटिङमा बैंक, वित्तीय संस्था र पुँजी बजारका साथै प्रहरी,सशस्त्र,सेना र सरकारको विशेष सामान तथा सेवा खरिदमा ठूलो गिरोह संलग्न रहेका खबर बेलबखत बाहिरिने गरेको छ ।
भट्ट दाजुभाइले आगामी चैत २४ गते रिक्त हुने नेपाल राष्ट्र बैंकको गभर्नरमा सुशीलको नाम अगाडि सारिसकेका छन् । महाप्रसाद अधिकारी २०७६ चैत २४ गते बोर्डको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छँदै गभर्नर नियुक्त भएका थिए । कतिपयले भट्टलाई धितोपत्र बोर्डको आगामी कार्यकारी अध्यक्षको रुपमा पनि अघि सार्न थालेको देखिन्छ ।
टिप्पणीहरू