ठगहरुले सरकारी कार्यालयको नाम र लोगोसमेत छाडेनन्

ठगहरुले सरकारी कार्यालयको नाम र लोगोसमेत छाडेनन्

नेपाल प्रहरीले ‘फेक अकाउण्ट’ बाट सतर्क रहन अनुरोध गरेको छ । नक्कली आइडी प्रयोग गरी रोजगारीको बहानामा ठगी गर्ने क्रम बढेको भन्दै त्यसतर्फ सचेत रहन प्रहरीले सचेत गराएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न विदेशी आइडीबाट नेपालमा रहेका सरकारी तथा निजी संघसंस्थाको नाम र लोगो प्रयोग गरी रोजगारी दिने बहानामा ठगी गरेको पाइएको हो । 

जारी सूचनामा उल्लेख छ, ‘पछिल्लो समयमा विभिन्न विदेशी आइडीबाट नेपालमा रहेका सरकारी तथा निजी संघसंस्थाहरुको नाम र लोगो प्रयोग गरी रोजगारी दिने बहानामा ठगी भइरहेको पाइएकाले यस किसिमका झुठ्ठा पोष्टहरुबाट सावधान रहन नेपाल प्रहरी अनुरोध गर्दछ ।’

टिप्पणीहरू