मृतक र त्रिशुलीमा बेपत्ता बसका यात्रुका परिवारलाई नगद सहयोग

मृतक र त्रिशुलीमा बेपत्ता बसका यात्रुका परिवारलाई नगद सहयोग

चितवनको सिमलतालमा तीन साताअघि भएको बस दुर्घटनामा ज्यान गुमाएका र बेपत्ता भएकाको परिवारलाई राहतस्वरुप दुई लाख प्रदान गरिने भएको छ । दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउदै उक्त सिफारिस गरिएको छ ।

सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले सिमलताल दुर्घटनाको सम्भावित कारणहरुबारे पनि औँल्याएको छ । जसमा, कमजोर भूगोल, सडक बिस्तार गर्दा वातावरणीय र सुरक्षा पक्षलाई ध्यान नदिइएको, चालकले सडकको अवस्थाबारे पूर्वानुमान नगरेको, सुरक्षाकर्मीले सडक अवस्थाबारे चालकहरुलाई जानकारी नगराएकोलगायत कारण प्रतिवेदनमा उल्लेख छ ।

कार्यदलले लु.२ ख ६५६६ नम्बरका बस चालक मेघनाथ विकलाई मरणोपरान्त सम्मान गर्न पनि सिफारिस गरेको छ । उनले गत असार २८ गते सिमलताल सडकमै आफू घाइते भएर बसलाई त्रिशुलीमा खस्नबाट जोगाउँदा ३० जनाको ज्यान बचेको थियो । गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको हो ।

टिप्पणीहरू