अवाञ्छित गतिविधिको पहिलो जानकारी सशस्त्रको इन्टेलिजेन्स ब्यूरोलाई
सशस्त्र प्रहरी बल, नेपालले मातहतका निकायमा कार्यरत कर्मचारीलाई चोरी पैठारी तथा अपराधजन्य घटनाको सूचना एपिएफ ईन्टेलिजेन्स ब्यूरोमा प्रवाह गर्न निर्देशन दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल इकाई कार्यालय, प्रदेश र सेक्टरमा कार्यरत कर्मचारीले त्यस्ता घटनासम्बन्धी सूचनाहरु यथाशीघ्र ब्यूरो प्रमुखसमक्ष जाहेर गर्नुपर्ने छ ।
प्रदेशमा खटिएका कर्मचारीबाट भए गरेका काम कारबाहीको विवरण ब्यूरोको अभिलेखमा राखिने र सोही आधारमा मूल्याङ्कन गरिने बताइएको छ ।
यसैबीच सशस्त्रले सुदूरपश्चिम प्रदेश ब्यूरोको विशेष सूचनाको आधारमा आज लाखौं रुपैयाँ बराबरको सूर्तीजन्य पदार्य नियन्त्रणमा लिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–२, कटानटोलस्थित से. १ ह २३५९ नम्बरको अटोरिक्सामा लुकाई छिपाई ल्याइएको चार लाख ४४ हजार रुपैयाँ बराबरको सूर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको हो ।
टिप्पणीहरू