एआईजी दिपकलाई सीआईबीको जिम्मा, किरणलाई भ्याली प्रहरी
सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक दिपक थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा सरूवा गरेको छ । आज बसेको क्याबिनेट बैठकले अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा लैजाने निर्णय गरेको बताइएको छ ।
त्यस्तै अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा र अतिरिक्त महानिरीक्षक रामदत्त जोशीलाई प्रधान कार्यालयको कार्य विभागमा पदस्थापना गरेको छ । यसअघि आजैको बैठकले जोशीलाई एआईजीमा बढुवा गरेको थियो ।
त्यस्तै, न्याय सेवाअन्तर्गत कानुन समूहका सहसचिवहरु परासर ढुङ्गाना र आलोकचन्द्र श्रेष्ठलाई सचिवमा बढुवा गरिएको छ । क्याबिनेटले ढुंगानालाई नेपाल कानुन आयोगमा र श्रेष्ठलाई सत्यनिरूपण तथा मेलमिलाप आयोगमा पदस्थापन गरेको छ ।
टिप्पणीहरू