नेल लगाएर ओली सरकारको विरोध
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दलित समुदायको प्रतिनिधित्व नगराइएपछि दलित अगुवाहरुले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।
‘दलितका लागि दलित अभियान’ले आज माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । अभियानका संयोजक खगेन्द्र सुनारलगायत झण्डै एक दर्जनको संख्यामा रहेका प्रदर्शनकारीले समावेशी– समानुपातिक व्यवस्थाप्रति सरकार उदासिन रहेको आरोप लगाए ।
गोडामा कैदीलाई लगाइने नेल लगाएर ब्यानर र प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका दलित अगुवाहरुले संविधानमा गरिएको व्यवस्थालाई बेवास्ता गरेर काँग्रेस–एमालेसहितको गठबन्धन सरकारमा दलित नेतृत्वलाई अवसरबाट वञ्चित गराइएको बताए ।
सरकार निर्माण र राजनीतिक नियुक्तिमा संविधानले नै प्रदत्त गरेको आरक्षण लागू गर्नुपर्ने उनीहरुको माग छ ।
टिप्पणीहरू