"सम्बन्धपछि केटीकाे मन किन फेरिन्छ ?"

"सम्बन्धपछि केटीकाे मन किन फेरिन्छ ?"

कानुनमन्त्री अजयकुमार चौरसियाले जबर्जस्ती करणीसम्बन्धी कानुन संशोधन हुनुपर्ने बताएका छन् । आज कानुन,न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले भएको कानुन पनि व्यवहारिक रुपमा लागु नभएको जानकारी दिए । 

सहमतिमै भएको सम्बन्ध पनि बलात्कार ठहरिने गरी बनेको कानुनलाई सुधार्न आवश्यक रहेकाे मन्त्रीकाे ठम्याइ छ । साथै उनले जबर्जस्ती करणीलाई पनि वर्गीकरण र परिभाषित गर्नुपर्ने बताए । 

‘जबर्जस्ती करणीको सन्दर्भमा पनि क्याटेगोरी छुट्याइनुपर्छ’, उनले भने, ‘जाँदासम्म केटा र केटीको मन मिलेको हुन्छ,तर पछि केटीको मन परिवर्तन हुन्छ।’

‘जाँदासम्म केटा र केटीको मन मिलेको हुन्छ,तर पछि केटीको मन परिवर्तन हुन्छ।’

सामान्यतया केटी पक्षको परिवारले आफ्नो मान प्रतिष्ठाको लागि केटाविरुद्ध अपहरण, जबर्जस्तीलगायतका मुद्दा हाल्ने परम्परा बढेको मन्त्री चौरसियाले सुनाए । 

‘घर-परिवारको प्रतिष्ठाको कुरा पनि आउँछ।  जसकाे कारण केटालाई अपहरण,जबर्जस्तीजस्ता  अनेक किसिमका मुद्दाहरु पनि लाग्ने गरेका छन्, त्यो कानुनमा सुधार गर्नुपर्छ’,उनले थपे । 

मन्त्री चौरसियाले जबर्जस्ती करणीसम्बन्धी कानुनमा सुधार गर्न आफू पूर्णरुपले तयार भएको बताए । समितिलाई सम्बोधन गर्दै भने, ‘यी कानुनहरूमा कसरी सुधार गर्ने, के–के सुधार गर्ने,यो समितिले निर्देशन दिएमा त्यसलाई म अगाडि बढाउनेछु।’

टिप्पणीहरू