भारतीय बिदेश सचिव पर्सि आउँदै

भारतीय बिदेश सचिव पर्सि आउँदै

भारतीय विदेश सचिव विक्रम मिश्री आइतबार नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको निमन्त्रणमा उनी दुई दिने भ्रमणको लागि काठमाडौँ आउन लागेका हुन् । 

परराष्ट्र मन्त्रालयले मिश्रीको आगमनलाई नियमित भ्रमण भनेको छ । आज एक विज्ञप्ति जारी गर्दै दुई देशको सम्बन्ध बलियो बनाउन उच्चस्तरीय भेटघाटको आयोजना गरिएको जानकारी गराइएको छ । 

त्यसो त,पराराष्ट्र सचिव लम्साल पनि गत असार २६ गते दोस्रो बिमस्टेक रिट्रिट समारोहमा भाग लिन भारत गएकी थिइन् । त्यतिबेला कार्यक्रमको लागि तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ जाने कार्यक्रम तय भएको थियो । तर बदलिँदो राजनीतिक घटनाक्रमले उनी जान पाएनन् ।
 

टिप्पणीहरू