प्रभुराम जातेजाते सेनामा ब्यापक जिम्मेवारी हेरफेर

प्रभुराम जातेजाते सेनामा  ब्यापक जिम्मेवारी हेरफेर

नेपाली सेनाले पाँच जना सहायक रथी र आठ जना महासेनानीको सरुवा गरेको छ । सेनाको भाषामा काज नियुक्ति पाउने पाँच जनामध्ये पहिलो नम्बरमा सैनिक कल्याणकारी निर्देशनालयका सहायक रथी किरण केसीलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा लगिएको छ ।

प्रधान सेनापतिको कार्यालयका विष्णुकुमार खड्कालाई सैनिक सचिव विभागको अतिरिक्त समूहमा, विपद् व्यवस्थापन निर्देशनालयका प्रकाशराज थापालाई आफ्नो कार्यसँगै अतिरिक्त निमित्त निर्देशक सैनिक कल्याणकारी निर्देशनालयको जिम्मेवारी तोकिएको छ । 

यसैगरी सरुवा हुने अन्य सहायक रथीहरुमा पूर्वी पृतना हेडक्वार्टरबाट द्रव्यराम भण्डारीलाई सैनिक सामग्री प्राप्ती निर्देशनालयको निमित्त निर्देशक र साइबर सुरक्षा निर्देशनालयका पूर्णबहादुर खत्रीलाई प्रधान सेनापतिको कार्यालयमा निमित्त सहायक बनाइएको छ । 

सरुवा हुने अन्य महासेनानीमा भूमिभक्त बराल,जितबहादुर लामा, जीवन कार्की,खेमराज शर्मा, झबिन्द्रबहादुर रेश्मी मगर,वासुदेव धिमाल,दिनेश अधिकारी र साविन्द्र नगरकोटी छन् । उनीहरुमध्ये बराललाई रणनीतिक अध्ययन तथा योजना निर्देशनालयबाट सैनिक कल्याणकारी निर्देशनालय पुर्याइएको छ । लामालाई जंगी असवाव खानाबाट मध्य कमाण्ड समन्वय इकाईमा,कार्कीलाई सैनिक कल्याणकारी निर्देशनालयबाट पश्चिम कमाण्ड समन्वय इकाईमा र शर्मालाई जनसम्पर्क महाशाखाबाट सैनिक उच्च शिखर शिक्षालयमा सरुवा गरिएको छ । 

त्यसैगरी सैनिक इन्टेलिजेन्स निर्देशनालयका मगरलाई प्रधान सेनापतिको कार्यालयमा,मध्यपश्चिम पृतना हेडक्वार्टरका धिमाललाई पिएसओज कार्यालयभित्र निमित्त सचिवको जिम्मेवारीमा, अधिकारीलाई सैनिक उच्च शिखर शिक्षालयबाट जंगी असवाव खाना र पिएसओज कार्यालयका नगरकोटीलाई उपराष्ट्रपतिको कार्यालयमा सुरक्षा र समारोह हेर्ने जिम्मेवारीमा खटाइएको छ ।

टिप्पणीहरू