विशेष अदालत बारमा एमाले वकिलको पकड
विशेष अदालत बारमा एमालेनिकट वकिलहरुको संगठन पिपिएलए र माओवादी वकिलहरुको एनएलएका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा निर्वाचित टीकाबहादुर कुँवर (निर्विरोध),उपाध्यक्ष शशिनाथ मरासिनी र सचिव युवराज बञ्जाडे तीनै जना एमाले निकट कानुन व्यवसायी हुन् ।
अध्यक्षमा कुँवर यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । उपाध्यक्षमा काँग्रेसकी पवित्रा राउतलाई एमालेका मरासिनीले १० मतको अन्तरमा पराजित गरे । विजयीले २५ र पराजितले १० मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।
काँग्रेसनिकट सचिव उम्मेदवार मनिषा बस्नेतले १४ मत ल्याउँदा बञ्जाडेले १६, सहसचिव कोपिला बस्नेत, कोषाध्यक्ष गणेश घिमिरे र महिला सदस्य मौसम राई यसअघि नै निर्विरोध भएका थिए ।
सदस्यमा विजयी बसन्त जोशीले ३५, सन्तोष कोइराला, गौरव डाँगी, शिवराम श्रेष्ठ, कुमारराज कार्कीले ३२, यज्ञप्रसाद खतिवडाले ३३ र बोलाराम पाण्डेले २७ मत पाएका छन् । १५ मत ल्याएका गंगाराम खनाललाई पराजय हात लाग्यो ।
निर्वाचनमा काँग्रेसले एउटा मात्रै उम्मेदवार उठाएको थियो । एमालेले माधव नेपालको एकीकृत समाजवादी निकटबाहेक अरु सबै वामसँग तालमेल गरेको थियो ।
टिप्पणीहरू