भारतीय बिदेश सचिव ठ्याक्कै १० बजे ओर्लँदै
आजको ठ्याक्कै ४ दिनपछि मनाइने ७८ औं स्वतन्त्रता दिवसको सँघारमा भारतका नवनियुक्त बिदेश सचिव बिक्रम मिस्त्री केही छिनपछि नेपाल आइपुग्दैछन् ।
वायुसेनाको उडान नम्बर Ifc-31 कल साइनयुक्त उनी चढेको बिशेष विमान स्थानीय समयअनुसार १० बजे काठमाण्डौ विमानस्थलमा अवतरण गर्दैछ । समकक्षी सेवा लम्सालको निम्तोमा आउन लागेका चीन बिज्ञ कूटनीतिज्ञ उनी रास्ट्रपति,प्रधानमन्त्री,परराष्ट्र मन्त्री लगायतका बिशिस्ट ब्यक्तिहरुसङ्गको शिस्टाचार भेट सकाई भोलि बेलुका सवा ६ बजे नयाँ दिल्ली फर्कने तालिका छ ।
सम्भवत: यही आगमनका दौरान उनले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो हाम्रा प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गर्नेछन् । निम्तो कार्यान्वयन भने भदौ र असोजको बैंकक र न्यूयोर्क भ्रमणपछि मात्र हुनसक्ने जानकारहरु बताउँछन् ।
टिप्पणीहरू