राज्यमन्त्रीबाट फुत्त उपप्रधानमन्त्रीमा बढुवा ?

राज्यमन्त्रीबाट फुत्त उपप्रधानमन्त्रीमा बढुवा ?
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा पाँच जना "उपप्रधानमन्त्री" तोकिएका छन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाली काँग्रेसका प्रकाशमान सिंह र एमालेका विष्णुप्रसाद पौडेलले मात्रै क्रमशः शहरी विकास र अर्थ मन्त्रालयको जिम्मेवारीसँगै उपप्रधानमन्त्री पदको शपथ लिनुभएको थियो ।

उनीहरु राज्यमन्त्री मात्रै हुन् भने प्रधानमन्त्री कार्यालयको वेवसाइटमा किन यति धेरै लापरबाही ?

तर,अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेवसाइटमा पाँच जना उपप्रधानमन्त्रीको नाम देखिन्छ । सिंह र पौडेललाई प्रधानमन्त्री ओलीपछि र अन्य मन्त्रीभन्दा अगाडि राखिएको छ भने अन्य तीन जनालाई मन्त्रीहरुभन्दा पछाडि राखिए पनि उपप्रधानमन्त्री लेखिएको छ । 

राज्यमन्त्री भनिएका तीन जना अरुणकुमार चौधरी,रुपा बिक र पूर्णबहादुर तामाङलाई सोझै उपप्रधानमन्त्रीमा स्तरोन्नती गरिएको देखिन्छ । अन्यथा, उनीहरु राज्यमन्त्री मात्रै हुन् भने प्रधानमन्त्री कार्यालयको वेवसाइटमा किन यति धेरै लापरबाही ?

टिप्पणीहरू