गर्भमै शिशु बितेपछि सुत्केरीको अवस्था गम्भीर, सेनाको हेलिकोप्टरमा उद्धार
पाठेघरभित्रै शिशुको निधनपछि स्वास्थ्य अवस्था गम्भीर भएकी संखुवासभाकी एक सुत्केरीलाई काठमाडौं ल्याइएको छ ।
पाठेघर फुटेर गर्भमा रहेको शिशुको मृत्यु भएपछि संखुवासभा अस्पतालबाट सेनाको हेलिकोप्टरमा ल्याइएकी ३३० वर्षीया नानीमैया मगरलाई थापाथलीस्थित प्रसुति गृहमा भर्ना गरिएको छ ।
जिल्ला अस्पतालका अनुसार आज बिहानदेखि अत्यधिक रक्तस्राब र पाठेघर फुटेपछि गर्भको शिशुको मृत्यु भएको हो । त्यसपछि दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धार कार्यविधिबमोजिम उद्धार गरेर काठमाडौं ल्याइएको हो ।
टिप्पणीहरू