फेवाताल सफा राख्न महानगरको अनुरोध, फोहोर गर्नेलाई कारबाही
पोखरा महानगरपालिकाले फेवातालमा फोहोर नमिसाउने अनुरोध गरेको छ । केही समययता फेवातालमा ढल तथा नालीको फोहोर मिसाउने, कपडा धुने, माछा मार्नेजस्ता कामहरु हुने गरेको पाइएकाले त्यस्तो कार्य नगर्न महानगरले पुनः आग्रह गरेको छ ।
‘विश्व रामसार सूचीमा सूचीकृत फेवातालको संरक्षण गर्नु सबै नागरिकको दायित्व हो । तर, पछिल्लो समय तालमा ढल तथा नालीको फोहोर मिसाउने, कपडा धुने, माछा मार्नेलगायत कार्यहरु हुने गरेको पाइएकाले यस प्रकारका कार्यहरु नगर्न नगराउन महानगरपालिका सम्बन्धित सबैमा अनुरोध गर्दछ,’ महानगरद्वारा जारी सूचनामा भनिएको छ । त्यस्तो कार्य गरिएमा कानूनबमोजिम कारबाही गरिने महानगरपालिकाको चेतावनी छ ।
टिप्पणीहरू