पुल निर्माण गर्न जनकपुरमा प्रदर्शन

पुल निर्माण गर्न जनकपुरमा प्रदर्शन
सुन्नुहोस्

हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा जोड्ने कमला पुलको यथाशीघ्र निर्माण थाल्न माग गर्दै जनकपुरमा प्रदर्शन भएको छ । हुलाकी सडक कमला पुल निर्माण संघर्ष समितिले सिरहाको बसबिट्टा चोकदेखि मुख्यमन्त्री कार्यालयसम्म विरोध प्रदर्शनसहित मोटरसाइकल र्याली निकालेको हो । 

सो क्रममा प्रदर्शनकारीहरुले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएका हुन् । संघर्ष समितिका संयोजक इन्जिनियर प्रवीणकुमार यादवले ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र निर्माण नथालेमा मुख्यमन्त्री कार्यालयअगाडि आमरण अनशन बस्ने चेतावनी दिएका छन् । 

१३ वर्षदेखि निर्माणधीन कमला पुल सञ्चालनमा नआउँदै २०७८ असार १७ गते आएको बाढीले भाँसिएको थियो । उक्त पुल निर्माणको माग गर्दै मधेशबासीले पटकपटक आन्दोलन गरिसकेका छन् । पुल नबन्दा सिरहा र सप्तरीका स्थानीयले आफ्नै प्रदेशको राजधानी जनकपुरधाम पुग्न पनि कठिनाइ भोग्नुपरेको छ । 

उनीहरु लामो रुटको प्रयोग गरेर आवतजावत गर्न बाध्य छन् ।

टिप्पणीहरू