अरुलाई केबलकार चढाउन चन्द्र ढकाल लौरो टेक्दै
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल आज बिहान कैलालीको चिसापानी क्षेत्रको पहाडी भूभागतिर ट्रेकिङमा गएका छन् । राजमार्गसँगैको चिसापानीदेखि राजकाँडासम्म उनले लौरो टेकेर यात्रा गरेका हुन् ।
करिब साढे तीन घण्टा लामो ट्रेकिङ गर्दै उनी राजकाँडा पुगेको बताइन्छ । उक्त स्थानमा उनी अध्यक्ष रहेको आईएमई ग्रुपले केबलकार र रिसोर्ट निर्माण गरिरहेको छ । जाल्पादेवी केबलकार निर्माणपछि सो क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटन प्रवर्धन हुने ढकालको विश्वास छ ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘विशेषगरी केबलकार र रिसोर्टले भारतीय पर्यटकलाई आकर्षित गर्न ठूलो भूमिका निर्वाह गर्नेछ । यसबाट समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक तथा सामाजिक विकासमा समेत फाइदा पुग्ने विश्वास छ ।’
आईएमई ग्रुपले काठमाडौंको चन्द्रागिरी,पूर्वी नवलपरासीको गैंडाकोटमा मौलाकालिका र बुटवलमा केबलकार सञ्चालन गरिरहेको छ ।
टिप्पणीहरू