सांसदहरु पूर्वराजाका ज्वाईँसँग बयान लिँदै

सांसदहरु पूर्वराजाका ज्वाईँसँग बयान लिँदै
सुन्नुहोस्

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले पूर्वराजा ज्ञानेन्द्र शाहका छोरी ज्वाईं राजबहादुर सिंहसँग बयान लिएको छ ।

समस्याग्रस्त सहकारीका सञ्चालकहरुसँगको बयानको क्रममा समितिले आज सुमेरु बचत तथा ऋण सहकारीका सेयरहोल्डर सिंहलाई बयानको निम्ति बोलाएको हो । उनी हालैमात्र उक्त संस्थामा लगानीकर्ताको रुपमा भित्रिएका हुन् । 

समिति सदस्यहरुले हिजो सोही संस्थाका पूर्वअध्यक्ष हेमराज दाहाल, अध्यक्ष कृष्णप्रसाद कँडेल र सञ्चालक विदेन्द्र महर्जनसँग विभिन्न जिज्ञासा राखेका थिए । बयानका लागि पुगेका दाहाल, कँडेल, महर्जनलगायतले संस्थापक अध्यक्ष भरत महर्जन रकम हिनामिना गरेर बेलायत फरार भएकाले केही समस्या देखिएको उल्लेख गरेका छन् । 

समितिले हालसम्म समस्याग्रस्त सहकारीका ११ जना सञ्चालकसँग सोधपुछ गरिसकेको छ ।
 

टिप्पणीहरू