विदेशको पिआर लिएकालाई लगानी बोर्डमा निषेध

विदेशको पिआर लिएकालाई लगानी बोर्डमा निषेध

लगानी बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा विज्ञापन गरिएको छ बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले योग्यता पुगेका इच्छुकलाई १५ दिनभित्र दरखास्तका लागि आह्वान गरेको छ ।

उम्मेदवारले अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानून, इन्जिनियरिङ्ग वा विकाससम्बन्धी विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवदर््न, विकास प्रशासन, बैंकिङ्ग, वित्तिय क्षेत्र वा औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेको हुनुपर्नेछ । 

उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको र पीआर नलिएको व्यक्तिले सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ को उपदफा (४) बमोजिम तथा अन्य प्रचलित कानूनले अयोग्य नभएको स्वःघोषणा गर्नुपर्छ । 

उम्मेदवारले सिफारिस समितिको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सामाजिक तथा भौतिक पूर्वाधार विकास महाशाखामा निवेदन दिनुपर्ने छ ।

टिप्पणीहरू