शिविरमा धमाधम राष्ट्रिय परिचयपत्र
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले राष्ट्रिय परिचयपत्रका लागि शिविर सञ्चालन गर्न लागेको छ । सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई लक्षित गरी गाउँपालिकाले शिविर सञ्चालनको तयारी गरेको छ ।
शिविर सबै वडामा सञ्चालन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्कीले बताए । आगामी बुधबारदेखि शुक्रबारसम्म ३ नम्बर वडा कार्यालय, भदौ ५, ६ र ७ गते २ नम्बर वडा कार्यालयमा, भदौ १२, १३ र १४ मा १ नम्बर वडा कार्यालय, भदौ १८, १९ र २० गते ५ नम्बर वडा कार्यालय र भदौ २३, २४ र २५ मा ४ नम्बर वडा कार्यालयमा शिविर सञ्चालन गरिने छ ।
शिविर बिहान ९ बजेदेखि दिँउसो ४ बजेसम्म हुनेछ । लाभग्राहीले सामाजिक सुरक्षा परिचयपत्र, पासपोर्ट साइजको दुई वटा फोटो, सक्कल नागरिकता, विधवा महिलाको हकमा पतिको मृत्युदर्ताको प्रतिलिपि, ६० वर्षमूनिका विधवा महिलाको हकमा अर्को विवाह नगरेको प्रमाणपत्र, एकल महिलाको हकमा विवाह नगरेको वडाको सिफारिस पेश गर्नुपर्नेछ ।
टिप्पणीहरू