सरकार प्रमुख बनेपछि भ्रष्टाचारका सबै मुद्दामा निर्दोष
बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. मुहम्मद युनुसविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दा फिर्ता लिइएको छ । त्यहाँको भ्रष्टाचार विरोधी आयोग (एसीसी) ले युनुसविरुद्ध ढाका विशेष अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएको जनाइएको छ ।
डेली स्टारका अनुसार न्यायाधीश एमडी रावियुल आलमको इजलासले उजुरी फिर्ता लिएको जानकारी गराउँदै डा. युनुसलाई उक्त मुद्दामा सफाइ दिएको हो । उनीमाथि ग्रामीण टेलिकमको अध्यक्ष हुँदा श्रम कानुन उल्लंघन गरेको आरोपमा हालिएको मुद्दा सरकार प्रमुख हुनुभन्दा अघिल्लो दिन सफाइ दिइएको थियो ।
युनुसबाहेक ग्रामीण टेलिकमका निर्देशक अशरफुल हसन, मोहम्मद शाहजहान र वर्तमान अन्तरिम सरकारका सदस्य नूरजहाँ बेगमलाई पनि विपक्षी बनाइएको उक्त मुद्दाका सबै अभियुक्तलाई जनवरीमा ६ महिना कैद र २० हजार जरिवाना सुनाइएको थियो ।
युनुसले ३० करोडभन्दा बढी भ्रष्टाचार गरको आरोपमा पनि सफाइ पाएका छन् ।
टिप्पणीहरू