कुलमानविरुद्ध अख्तियार गुहार्दै खरेल

कुलमानविरुद्ध अख्तियार गुहार्दै खरेल

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङमाथि भ्रष्टाचारको आरोप लगाउँदै आएका नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले अख्तियारमा उजुरी हाल्ने भएका छन् । 

देशलाई लोडसेडिङमुक्त गराएर लोकप्रियता कमाएका घिसिङले त्यसैको आडमा भ्रष्टाचार गरेको दाबी गर्दै उनले आज उजुरी दर्ता गराउन लागेका हुन् । 'एन्टिकरप्सन नेटवर्क'को निर्देशकसमेत भनिएका खरेलले डेडिटेड तथा ट्रंकलाईन, विभिन्न ठेक्का र पिपिएमा कार्यकारी निर्देशक घिसिङले अनियमितता गरेको दाबी गरेका छन् । 

यसबारे अनुसन्धान गर्न स्वयम् अख्तियारमा उपस्थित भै उजुरी दर्ता गर्न लागेको उनले जानकारी दिएका छन् । प्रहरी सेवाबाट अवकाशपछि आफ्नै नेतृत्वमा पार्टी गठन गरेका र केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी टेलिभिजन कार्यक्रम चलाउँदै आएका खरेल घिसिङको कटू आलोचक मानिन्छन् । उनले लगातार घिसिङविरुद्ध कार्यक्रम प्रशारण गराईरहेका छन् ।

टिप्पणीहरू