पर्सा टेलिकम्युनिकेसनको लाइसेन्स खारेज

पर्सा टेलिकम्युनिकेसनको लाइसेन्स खारेज
सुन्नुहोस्

नेपाल दूरसञ्चार प्राधिकरणले पर्साको वीरगञ्जस्थित पर्सा टेलिकम्युनिकेसन प्रालिको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ।

कम्पनीले अनुमतिपत्र नवीकरणका लागि निवेदन पेश नगरेकाले दूरसञ्चार ऐन, २०५३ को दफा २५ ९५० बमोजिम स्वतः खारेज भएको प्राधिकरणले जानकारी दिएको हो । 

‘नेपाल दूरसञ्चार प्राधिकरणबाट पर्सा टेलिकम्युनिकेसन प्रालि वीरगञ्ज–८, पर्सालाई मिति २०७६-०४-२२ मा प्रदान गरिएको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र ९अनुमति नं. भि. ज. ६–२४० को समयावधि मिति २०८१-०४-२१ सम्म रहेकामा निज सेवा प्रदायकले दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम उक्त अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधिभित्र निवेदन पेश नगरेकाले निजलाई प्रदान गरिएको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ९५० बमोजिम स्वतः रद्द भएको जानकारी गराइन्छ,’ प्राधिकरणद्धाराज जारी सूचनामा उल्लेख छ ।

कम्पनीले नियमानुसार तिर्न, बुझाउनुपर्ने रकमका सम्बन्धमा आगामी ३० दिनभित्र प्राधिकरणमा सम्पर्क गर्नसमेत भनेको छ ।

टिप्पणीहरू