प्रहरी अस्पतालमा नर्स माग
महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालले नर्स माग गरेको छ । अस्पतालले करार सेवामा डेढ दर्जनबढी स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको हो ।
अस्पतालले आन्तरिक कल्याण कोषबाट असई वा सोसरहको दर्जा र पारिश्रमिक रकम उपलब्ध गरी २० जना स्टाफ नर्स भर्ना गर्न लागेको जनाएको छ । योग्यता पुगेका इच्छुकले आगामी भद्रौ ६ गतेसम्म आवेदन दिन सक्ने अस्पतालको सुचनामा उल्लेख छ ।
दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई ३० वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रविणता तह उत्तीर्ण गरी कम्तीमा एक वर्ष अस्पतालमा काम गरेको अनुभवको प्रमाणपत्र पनि पेश गर्नुपर्नेछ ।
करार सम्झौता छ महिनाको हुनेछ ।
टिप्पणीहरू