स्वदेश फर्कनुअघि अष्ट्रेलियन राजदूत भेटघाटमा व्यस्त

स्वदेश फर्कनुअघि अष्ट्रेलियन राजदूत भेटघाटमा व्यस्त

कार्यकाल पूरा गरेर स्वदेश फर्कन लागेकी अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क दिनहुँ बिदाई भेटमा व्यस्त देखिन्छन् । उनले आज पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी हुन् । 

अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा भएको भेटमा राजदूत भोल्कले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन प्राप्त सफलताका लागि बधाई दिएको जनाइएको छ । प्रचण्डद्वारा दुई मुलुकबीचको सम्बन्धलाई थप मजबुत बनाउन राजदूत फेलिसिटीले खेलेको भूमिकाको प्रशंसा गरिएको सचिवालयले जनाएको छ ।

आजै राजदूत भोल्कले सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग पनि बिदाई भेट गरेकी छन् । आफू स्वेदशमा रहँदा पनि नेपाल र नेपालीको हकहितमा क्रियाशील रहने प्रतिबद्धता राजदूतको छ ।

टिप्पणीहरू