हेटौंडामा चर्कियो कर विवाद, एमाले जनप्रतिनिधिद्वारा विशेष नगरसभा माग
हेटौँडा उपमहानगरपालिकाले करको दरमा वृद्धि गरेपछि उत्पन्न विवाद चर्किएको छ । नगर सभामा छलफल नगरी उपमहानगरपालिकाले आर्थिक ऐनमा राजस्व दर अस्वाभाविक रुपमा वृद्धि गरेपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले विशेष नगर सभा माग गरेका हुन् ।
एमालेका ४५ जना जनप्रतिनिधिले मेयर मीनाकुमारी लामासँग विशेष नगरसभा बोलाउन माग गरेका छन् । उपमहानगरमा ९४ जना नगरसभा सदस्यमध्ये एमालेका ५४ जना हुन् ।
उपमहानगरको राजस्व परामर्श समिति, कार्यपालिका र नगर सभामा छलफल नगरी राजस्व दर अस्वाभाविक वृद्धि गरेपछि विशेष अधिवेशन माग गरिएको दाबी गरिएको छ । चालु आर्थिक वर्ष बहाल करदेखि व्यवसाय करमा १६ देखि १५० प्रतिशतसम्म कर वृद्धि गरिएको छ । हेटौंडाका व्यवसायीहरू आन्दोलनमा छन् । कर वृद्धिको विरोधमा व्यवसायीहरूले हेटौँडा उपमहानगरपालिकामा एक घण्टा धर्ना दिएका छन् ।
टिप्पणीहरू