उता मोदीको अभियान, दूतावासभित्र वनमन्त्रीको वृक्षारोपण
काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा ७८ वटा बिरुवा रोपिएको छ । ७८औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा विभिन्न जातका ७८ वटा बिरुवा दूतावास परिसरमा रोपिएको हो ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले दूतावास परिसरमा नीलो गुलमोहरको बिरुवा रोपेर वातावरण संरक्षण एवम् सम्वर्धन अभियानमा ऐक्यबद्धता जनाएको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व वातावरण दिवस, २०२४ का अवसरमा ‘एक पेड माँ के नाम’ अभियान शुभारम्भ गरेपछि यता पनि सो अभियान थालिएको हो ।
विभिन्न जातका ७८ वटा बिरुवा रोपेर भारतको ७८औँ स्वतन्त्रता दिवस मनाइएको दूतावासले जनाएको छ । यसअघि दुईदिने नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव विक्रम मिस्रीले पनि साउन २७ गते दूतावास परिसरमा नीलो गुलमोहरको बिरुवा रोपेका थिए ।
टिप्पणीहरू