सचिवलाई राजदूत,सहसचिवलाई कामु
सरकारले परराष्ट्र सचिव सेवा लम्साललाई राजदूतमा सिफारिस गरेको छ । हिजो अबेर बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियम पठाउन लागेको हो ।
लम्साललाई राजदूत सिफारिस गरेर सँसदीय सुनुवाइ सकेपछि मन्त्रालयका वरिष्ठ सहसचिव अमृत राई कायम मुकायम सचिव हुनेछन् । पाकिस्तानमा राजदूत रहिसकेकी लम्साल ब्रसेल्सस्थित राष्ट्रसंघीय नियोग तथा इयुका लागि पनि राजदूतको जिम्मेवारीमा रहनेछिन् । यसअघिका सचिव भरतराज पौडेललाई भने क्यानाडा पठाइएको छ ।
हिजोको क्याबिनेट बैठकले पाँच दर्जनको हाराहारीमा सहसचिवहरूको पनि सरुवा गरेको छ ।
टिप्पणीहरू