बेपत्ता मिटर रिडर खोज्दै प्राधिकरण
नेपाल विद्युत प्राधिकरणले विराटनगरस्थित कोशी प्रादेशिक कार्यालयका सिनियर मिटर रिडर अस्मिता पोखरेललाई तत्काल सम्पर्कमा आउन निर्देशन दिएको छ ।
डेढ महिनादेखि बिना जानकारी गैरहाजिर रहेकी उनलाई कार्यालयले आज सार्वजनिक सूचना निकालेर हाजिर हुन निर्देशन दिएको हो । गत असार १३ गतेसम्म बिदा स्वीकृत गराई बसेकी उनी असार १५ गतेदेखि कार्यालयमा हाजिर हुनुपर्नेमा हालसम्म अनुपस्थित रहेको कार्यालयले जनाएको छ ।
‘तपाईँ कार्यालयमा अनुपस्थित हुनुभएको मितिले ९० दिनभित्र स्वयं कार्यालयमा हाजिर हुन आउनुहोला,’ कार्यालयद्धारा जारी सूचनामा उल्लेख छ ।
अन्यथा, नेपाल विद्युत प्राधिकरण, कर्मचारी सेवा, सर्त विनियमावली, २०७५ (संशोधनसहित) को विनियम ८३ (३) बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।
टिप्पणीहरू