बंगलादेशको घटनाले सुनसरीमा चिन्ता

बंगलादेशको घटनाले सुनसरीमा चिन्ता

जिल्ला प्रशासन कार्यालय सुनसरीले धार्मिक समुदायमा बेमेल बढाउनेगरी अभिव्यक्ति नदिन र त्यस्ता गतिविधि सामेल नहुन आग्रह गरेको छ । 

बंगलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर धार्मिक तथा राजनीतिक अतिवादी समूहहरुले चलखेल गर्ने सम्भावनालाई मध्यनजर गर्दै सिडियो कार्यालयले यस्तो अनुरोध गरेको हो । सहायक सिडिओ बेदराज फुयालले एक आदेश जारी गर्दै तत्कालका लागि आ–आफ्नो परम्परा र रितिरिवाजअनुसार गर्नुपर्ने कार्यक्रमबाहेक सामूहिक रुपमा भेला तथा जम्मा नहुन जिल्लाबासीलाई सूचित गरेका छन् । 

‘छिमेकी मित्रराष्ट्र बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमलाई लिएर विभिन्न धार्मिक तथा राजनैतिक अतिवादी समूहहरुले चलखेल गर्ने सम्भावनालाई मध्यनजर गर्दै सबै धार्मिक समुदाय र संस्थाहरुलाई संयमता अपनाउन र बेमेल बढाउने कुनै खालका अभिव्यक्ति र गतिविधि नगर्न साथै तत्कालका लागि आ–आफ्नो परम्परा र रितिरिवाजअनुसार गर्नुपर्ने कार्यक्रमबाहेक सामूहिक रुपमा भेला जम्मा नहुन सम्बद्ध सबै पक्षलाई अनुरोध छ,’ आदेशमा उल्लेख छ ।

टिप्पणीहरू