लोक सेवाका पदाधिकारीहरुलाई विदेश लगिने
लोक सेवा आयोगका पदाधिकारीहरु बेलायत जाने भएका छन् । उनीहरु क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रममा भाग लिन आगामी असोजको पहिलो साता त्यसतर्फ जाने बताइएको छ ।
मन्त्रिपरिषदको हिजो साँझ बसेको बैठकले भ्रमण कार्यक्रम स्वीकृत गरेको छ । असोज ५ देखि १४ गतेसम्म १० दिनको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रममा भाग लिन आयोगका पदाधिकारीहरु असोज ३ गते त्यता गएर १६ गते स्वदेश फर्कने आयोग स्रोतले बतायो ।
आयोगमा माधवप्रसाद रेग्मी अध्यक्ष र माधव बेल्वासे,वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जुकुमारी सदस्य छन् ।
टिप्पणीहरू