महावाणिज्यदूत बनाउन खोजियो एउटालाई, नियुक्ति दिइयो अरुलाई
सरकारले हिजो ५९ जना सहसचिवको सरुवा गरेको छ । क्याबिनेट बैठकको निर्णयानुसार चार जना सहसचिवलाई अन्यत्रबाट परराष्ट्र मन्त्रालयमा लगिएको छ । उनीहरुलाई महावाणिज्य दूत बनाउने तयारीसहित लगिएको स्रोतको दाबी छ ।
जसअनुसार उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद निरौला,गृह मन्त्रालयका सहसचिवद्वय झक्कप्रसाद आचार्य, भरत खनाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका विन्देश्वरप्रसाद लेखक परराष्ट्रमा पुगेका छन् ।
यसअघि महावाणिज्यदूत बनाउने तयारीसहित परराष्ट्र पुगेका नवराज ढुंगानालाई भने सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । त्यतिबेलै परराष्ट्र गएका नारायणप्रसाद भट्टको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएको छ ।
कोलकातामा महावाणिज्यदूत बनेर फर्किएका परराष्ट्र मन्त्रालयका ईश्वरराज पौडेललाई भने लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुर्याइएको छ ।
टिप्पणीहरू