नेपाली सेनालाई हेलिकोप्टर खरिदमा सहयोग गर्न अमेरिका तयार

नेपाली सेनालाई हेलिकोप्टर खरिदमा सहयोग गर्न अमेरिका तयार
सुन्नुहोस्

आज बिहानदेखि अपरान्हसम्म काठमाडौंमा रहेका अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माको नेपाल भ्रमण सफल भएको अमेरिकी दूतावासले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. आरजू राणा देउवालगायतसँग भएको भेटमा अमेरिकी सहयोग र दुई देशबीचको साझेदारीबारे कुराकानी भएको बताइएको छ ।

भेटमा अमेरिकी उपविदेशमन्त्री नेतृत्वको टोलीले नेपाली सेनालाई विपद् प्रतिकार्य प्रयासमा सहयोग गर्न र नयाँ हेलिकोप्टर खरिदमा अमेरिका सहयोगका लागि तयार रहेको जानकारी दिएको थियो । 

प्रधानमन्त्री ओलीले भने अमेरिकामा हुन गइरहेको राष्ट्रपति चुनावका बारेमा चासो राख्नुभएको बताइएको छ । उपविदेशमन्त्री वर्माले एमसीसी र युएसएआइडी नेपालका अधिकारीहरू, चिया विज्ञ र नेपाली महिला व्यवसायीहरूसँग ठमेलमा चिया पिउँदै भेट गरेका थिए ।

नेपाल भ्रमण सकेर अमेरिकी उपविदेशमन्त्री वर्मा साँझ नयाँ दिल्ली गएका छन् ।

टिप्पणीहरू