सरकारी वकिल समूहका सहसचिव र उपसचिवको सरुवा, को कहाँ पुगे ?
न्याय सेवा आयोगले न्याय सेवाको सरकारी वकिल समूहका सहसचिव र उपसचिवको सरुवा गरेको छ ।
आज बसेको आयोग बैठकले दश जना सहसचिव (सहन्यायाधिवक्ता) र दश जना उपसचिव (उपन्यायाधिवक्ता) सरुवा गर्ने निर्णय गरेको हो । जसअनुसार महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई उच्च सरकारी वकिल कार्यालय विराटनगर पुर्याइएको छ ।
उच्च सरकारी वकिल कार्यालय बागलुङका सहसचिव राजनराज घिमिरेको जनकपुरमा सरुवा भएको छ भने उनको ठाउँमा जनकपुरका कोषहरि निरौला आएका छन् ।
बुटवलका गोविन्दराज गोलीलाई उच्च सरकारी वकिल कार्यालय पोखरा सरुवा गरिएको छ । उनको स्थानमा महान्यायाधिवक्ता कार्यालयमा कार्यरत सहन्यायाधिवक्ता सोमकान्ता भण्डारी ल्याइएको छ ।
उच्च सरकारी वकिल कार्यालय धनकुटाकी सहन्यायाधिवक्ता मीना गुरुङले भने महान्यायाधिवक्ताको कार्यालयमा प्रवेश पाएकी छन् । उच्च सरकारी वकिल कार्यालय नेपालगञ्जमा कार्यरत उमान्तकान्त पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ल्याइएको छ ।
उनको ठाउँमा उच्च सरकारी वकिल कार्यालय दिपायलका अशोकराज रेग्मीलाई लगिएको छ । उच्च सरकारी वकिल कार्यालय ओखलढुंगाका दीपशिखा मुनाकमीको महान्यायाधिवक्ता कार्यालयमा सरुवा भएको छ ।
यस्तै, उपसचिवतर्फ महान्यायाधिवक्ता कार्यालयका सुशील देवकोटालाई उच्च सरकारी वकिल कार्यालय धनकुटा पठाइएको छ । उच्च सरकारी वकिल कार्यालय हुम्लाका रामहरि शर्मालाई राजविराज पुर्याइएको छ ।
विराटनगरका यादवप्रसाद पौडेललाई उच्च सरकारी वकिल कार्यालय नुवाकोट ल्याइएको छ । विशेष सरकारी वकिल कार्यालय काठमाडौंका गोपाल लामिछाने भने महान्यायाधिवक्ताको कार्यालयमा सरुवा भएका छन् ।
उच्च सरकारी वकिल कार्यालय पाटनका महेशप्रसाद खत्रीलाई ताप्लेजुङ पठाइएको छ । उनको ठाउँमा निर्वाचन आयोगका टेकराज भुसालले प्रवेश पाएका छन् । उच्च सरकारी वकिल कार्यालय राजविराजका राजकुमार राउतको जिल्ला सरकारी वकिल कार्यालय इलाममा सरुवा भएको छ ।
त्यहाँ कार्यरत लेखनाथ ढकाललाई भने विराटनगर लगिएको छ । यस्तै, उच्च सरकारी वकिल कार्यालय धनकुटाकी मुना भट्टराई विशेष सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका केदारकुमार अधिकारी निर्वाचन आयोगमा सरुवा भएका छन् ।
टिप्पणीहरू