भीषण बाढीले क्षतिग्रस्त थामेमा रक्षामन्त्रीको टोली

भीषण बाढीले क्षतिग्रस्त थामेमा रक्षामन्त्रीको टोली

सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ५, थामेमा भीषण बाढीले पुर्याएको क्षतिको अवस्था र कारण बुझ्न रक्षामन्त्री मानविर राई नेतृत्वको टोली त्यहाँ पुगेको छ । १३ सदस्यीय टोली सेनाको कल साइन एनए ०३८ एमआई १७ हेलिकोप्टरमा बिहान थामे पुगेको हो । 

बिहान साढे ७ बजे काठमाडौंबाट उडेको विज्ञसहितको टोलीमा मन्त्रीका निजी सचिव बच्चुनारायण श्रेष्ठ र स्वकीय सचिव नवीन राई पनि छन् ।

 
हिजो दिउँसो अकस्मात आएको भीषण बाढी गाउँमा पस्दा सर्वसाधारणका २० घर, एउटा आधारभूत विद्यालय र स्वास्थ्य संस्था बगेको छ । बाढीले पक्की पुलसँगै बाटो पनि बगाएको छ । धेरै भौतिक संरचना ध्वस्त भएको उक्त घटनामा एक जना बेपत्ता छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार हिमपोखरीहरु फुटेपछि आएको पहिरो र बाढीले उक्त क्षति पुगेको हो । हिजोदेखि सो क्षेत्र सञ्चार र विद्युत् सेवाबाट विच्छेद भएको छ ।
 

 

टिप्पणीहरू