न्यायिक सहजकर्ता खोज्दै गण्डकी सरकार
गण्डकी प्रदेश सरकारले ठूलो संख्यामा करार कर्मचारी मागेको छ ।
प्रदेशअन्तर्गत गाउँपालिका तथा नगरपालिकामा रिक्त ७१ जना न्यायिक सहजकर्ताका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दरखास्त आह्वान गरेको हो ।
‘गण्डकी प्रदेशभित्रका गाउँपालिका तथा नगरपालिकाको लागि न्यायिक सहजकर्ता छनौट गरी करार सम्झौता गराई कार्य गराउनुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुलाई आवेदन दिनुहुन यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख छ ।
कानून विषयमा स्नातक तह उत्तीर्ण गरी तोकिएको योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित आगामी २१ दिनभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् । यससम्बन्धी थप जानकारी कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।
टिप्पणीहरू