बागमतीको मुख्य न्यायाधिवक्तामा काफ्ले
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन् ।
मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज उनलाई उक्त पदमा नियुक्त गरेका हुन् । संविधानको धारा १६० को उपधारा २ बमोजिम काफ्लेलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
दोलखाको तामाकोशी गाउँपालिका-३ का काफ्ले झन्डै साढे दुई दशकदेखि कानुन व्यवसायीका रुपमा सक्रिय छन् । यसअघि उनले तत्कालीन कानुनमन्त्री भीम बहादुर तामाङ र महिला तथा समाज कल्याण मन्त्री लिला कोइरालाको सल्लाहकार भएर काम गरेका थिए ।
टिप्पणीहरू