आज जनै पूर्णिमा मनाईंदै

आज जनै पूर्णिमा मनाईंदै
सुन्नुहोस्

प्रत्येक वर्ष झैं यो वर्ष पनि श्रावण शुक्ल पूर्णिमाका दिन आज रक्षाबन्धन र जनै पूर्णिमा मनाइँदै छ । बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल–तलाउ र पोखरीमा स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र अर्थात् डोरो बाँधिरहेका छन् । 

आजै तागाधारीहरुले विधिपूर्वक मन्त्रिएको डोरो धारण गर्छन् । तागाधारीहरुले आजैका दिन नयाँ जनै फेर्छन् । नेवार समुदायमा खेतको बालीको रक्षा गर्ने भ्यागुतालाई पनि क्वाँटी खुवाउने प्रचलन छ । आजको दिन विशेष परिकारको रुपमा क्वाँटी खाने चलन छ  ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज दिउँसो १ बजेर ३१ मिनेटसम्म भद्रा परेकाले त्यसपछि मात्र रक्षाबन्धन कर्म गर्नु उचित भएको जनाएको छ । समितिले विशिष्ट व्यक्तिहरूले उक्त समयअघि डोरो बाँध्न नहुने जनाएको हो ।

काठमाडौं उपत्यकाको कुम्भेश्वर, पशुपति, रसुवाको गोसाईंकुण्ड, चितवनको देवघाटलगायत विभिन्न स्थानमा बिहानैदेखि श्रद्धालुको घुईंचो लागेको छ । सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

टिप्पणीहरू