पहिरोमा ज्यान गुमाएकाको परिवारलाई एक लाख
सुदूरपश्चिम प्रदेश सरकारले पहिरोमा ज्यान गुमाएका मृतकका परिवारलाई राहत दिने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँको दरले राहत दिने घोषणा गरेका छन् ।
उनले गएरातिको अविरल वर्षापछि गएको पहिरोमा परेकाको तत्काल उद्धार तथा राहतका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी गराएका छन् । ‘तत्काल उद्धार तथा राहत कार्यमा संलग्न हुन सम्बन्धित निकायलाई निर्देशन गरेको कुरा जानकारी गराउँदै मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ राहतस्वरुप प्रदान गर्ने घोषणा गर्दछु’, जारी विज्ञप्तिमा उल्लेख छ ।
पहिरोमा बझाङको बुङ्गल नगरपालिका–१०, टुमेडागाउँ बस्ने वीरबहादुर धामीकी श्रीमती काली धामी, जेठी बुहारी गोल्की धामी, नातिनी आकृति र लक्ष्मी धामीको ज्यान गएको हो ।
टिप्पणीहरू