माछा बेच्ने, भाडा नतिर्नेसँग साढे २ लाख असुली
पोखरा महानगरपालिकाले सम्झौताबमोजिम समयमै भाडा नतिरेका पसलमा ताल्चा लगाएको छ । वडा नम्बर ८, सृजनाचोकस्थित महानगरको स्वामित्वमा रहेको भवनमा सञ्चालित पसल बन्द गरिएको छ ।
सटर नम्बर ८ मा सञ्चालित मोबाइल पसल नगर प्रहरी प्रमुख निरीक्षक पुरुषोत्तम थापाको नेतृत्वमा पुगेको टोलीले बन्द गराएको हो । महानगरका अनुसार उक्त पसल मालिकले गत वैशाखदेखि भाडा तिरेका छैनन् ।
भाडा बुझाउन पटक पटक आग्रह गरेपनि अटेर गरेपछि ताल्चा लगाइएको महानगरले जनाएको छ । यस्तै, खान अयोग्य माछा बेचबिखन गरेको आरोपमा पोखराका १० वटा पसललाई पनि कारबाही गरिएको छ ।
महानगर क्षेत्रभित्र सञ्चालित ती माछा पसललाई कारबाहीस्वरुप १५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना तिराइएको हो । यसबाट दुई लाख ५५ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
टिप्पणीहरू