दिल्ली जानुअघि कालीबाबाले भने : चन्दन लगाएका सांसदहरु नै धर्म निरपेक्षता भन्दै कुर्लिए
भारतीय धर्मगुरु कालीदास बाबाले नेपालका राजनीतिक दलका नेताहरुले दोहोरो भूमिका निर्वाह गरेको आरोप लगाएका छन् । स्वामी १००८ कृष्णानन्द जी महाराज कहलिएका उनले पशुपतिमा पुगेर चन्दन लगाउने नेताहरुले दिउँसो संसदमा धर्मनिरपेक्षताको माग गरेको बताएका हुन् ।
आज बिहान नयाँ दिल्ली प्रस्थान गर्नुअघि उनले त्रिभुवन विमानस्थल नजिकै आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा खुलाएका हुन् । उनले भने, ‘नेताहरू मलाई भेट्न पशुपति कोटीहोममा आए, चन्दन पनि लगाए । तर संसदमा पुगेपछि उनैले धर्मनिरपेक्षताको माग गरे ।’
मुलुकका विभिन्न स्थानको भ्रमण गरेर भारत जानुअघि उनले नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने सन्दर्भमा अन्तिम साससम्म लड्ने प्रतिबद्धता जनाए । भिस्तारा एअरको उडान नम्बर युके १५८ मा नयाँ दिल्ली जानुअघि उनले बिहान ९ बजेदेखि तिलगंगास्थित होटल आनन्दमा पत्रकार सम्मेलन गरेका थिए ।
सोही क्रममा भनेका छन्, ‘हिन्दु गणतन्त्र होइन, हिन्दु बौद्धिक सनातन धर्म नै चाहिएको छ । यो नभए शान्तिपूर्ण आन्दोलनमा उत्रिन्छौं ।’
टिप्पणीहरू