सिरक डसना सदरमुकाममा, बाढी पीडितहरु पाँच दिनदेखि गोठमा

सिरक डसना सदरमुकाममा, बाढी पीडितहरु पाँच दिनदेखि गोठमा
सुन्नुहोस्

थामेका बाढी पीडितहरुलाई राहत वितरणमा समस्या भएको छ । गत शुक्रबार हिमताल फुटेर आएको बाढीले गाउँ नै डुबाएको थियो । झण्डै ५० परिवारको बसोबास रहेको उक्त गाउँमा अहिले पनि सेना र प्रहरीले पुरिएका घरभित्रका सामान निकालिरहेका छन् ।  

जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुले बाढी पीडितहरुका लागि राहत संकलन गरिए पनि पुर्याउन कठिन भएको बताएको छ । कोशी प्रदेश सरकारले राहतस्वरुप ५० थान सिरक, ५० थान तन्ना, तकिया र मेट्रेस सदरमुकाम सल्लेरीस्थित प्रशासन कार्यालयमा बुझाइसकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि चामल, नुन, तेल प्रशासनलाई हस्तान्तरण गरेको जनाएको छ । 

संकलित राहत सामाग्री बाढी पीडितहरुलाई प्रदान गर्न कठिनाई उत्पन्न भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बताइन् । मौसम नखुलेको कारण हेलीकोप्टर उडाउन नसकिएको हो । ‘सदरमुकाम सल्लेरीबाट हिँडेर जाँदा त्यहाँ पुग्न चार दिन लाग्छ, सडक अवस्था पनि नाजुक छ’, उनले जनआस्थासँग भनिन्, ‘हामीले हेली पनि म्यानेज गरेका छौं, तर मौसम नखुलेको कारण उडाउन सकिएको छैन ।’

बाढीले विद्युत र सञ्चार सम्पर्क बिच्छेद बनाएको छ । यसले पनि त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी लिन कठिन भइरहेको उनको भनाई छ । ‘त्यहाँ लाइन छैन, मौसम कस्तो छ भनेर बुझ्नै गाह्रो छ । राहत कसरी पुर्याउने भन्नेबारे हामी छलफल गर्दैछौ’, प्रजिअ पाण्डेले थपिन् । 

बाढी पीडितहरु अधिकांश पाँच दिनदेखि नजिकैका सरकारी भवन र आफन्तका गोठमा बसेका छन् । उनीहरुलाई न्यानो कपडा, खाद्यान्न र लत्ता कपडाको अभाव रहेको बताइन्छ ।
 

टिप्पणीहरू